|

ताप्लेजुङ : सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ। चरणबद्ध आन्दोलन गरिरहेको संघले फुङलिङमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुतला दहन गरेका हुन्।

सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै देशलाई कालाबजारी र माफियाको चंगुलमा फसाएको नेविसंघको आरोप छ। सरकार दैनिक उपभोग्य वस्तुमा समेत मूल्यवृद्धि गराउने योजनामा लागेको भन्दै आफूहरु आन्दोलित भएको नेवि संघ ताप्लेजुङका सभापति डम्बर हाङगामले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.