|

काठमाडौं : गुण्डा नाइके राधे समूहका दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई बुधबार राति ठमेल क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रे झैटी देउराली-८ का देवकुमार थापा र धादिङ ज्वालामुखी -३ का कमल गुरुङ रहेका छन्। 

केही दिन यता होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई रकम असुल्दै हिँडेको भन्ने सूचनाको आधारमा खोजी गर्दा उनीहरु पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनीहरुको साथबाट रिवल्बर एक थान र खुकुरी बरामद गरिएको पोखरेलले जानकारी दिए।

उनीहरुले ठमेल क्षेत्रलाई आधार इलाका बनाए गुन्डागर्दी गर्दै आएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.