समाज

ठेकेदार सम्पर्कविहीन हुँदा नगरपालिकाको भवन निर्माण अलपत्र
SHARES

जेठ ३१, २०७५

    काभ्रेपलाञ्चोक : निर्माणको जिम्मा लिएको कम्पनी सम्पर्कविहीन भएपछि पाँचखाल नगरपालिका भवनको तला थप गर्ने काम र चार वटा वडा कार्यालय भवन निर्माण अलपत्र परेको छ। सम्झौता भएको वर्ष दिन बित्न लाग्दा पनि निर्माण सुरसार नै भएको छैन।

    नगरपालिकाले भवनको तला थप गर्न एस.एम. आर/इजी जेभी, काभ्रेका गणेश बाँस्कोटाले ०७४ माघ २ मा सम्झौता गरेका थिए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत भोलाप्रसाद चापागाईका अनुसार उक्त कम्पनीले सम्झौता भएको मितिदेखि काममा कुनै पनि चासो देखाएको छैन। ‘काम थालनी नगरेपछि हामीले पटक–पटक सम्पर्क गर्‍यौं, चिठी समेत पठायौं, उहाँले त्यसमा पनि कुनै चासो नै गर्नुभएन,’ चापागाईले भने, ‘असारको २४/२५ मा काम सम्पन्न गरी नगरपालिकालाई बुझाउनु पर्नेमा अहिलेसम्ममा दुई/तीन प्रतिशत पनि काम भएको छैन।’

    उक्त कम्पनीले नगरपालिकाको तला थप्नका लागि ९२ लाख रुपैयाँमा निर्माणको सम्झौता गरेको थियो। यससँगै उक्त कम्पनीले नगरको वडा नम्बर ५, ७, २ र १० वडा कार्यालय निर्माणका लागि करिब साढे चौध लाखका दरले सम्झौता गरेको छ। तर, अहिलेसम्ममा कुनै पनि काम सुरु नगरेको नगरपालिकाले जनाएको छ। 

    उक्त कम्पनीलाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकाले अब कानुन बमोजिम कारबाहीको प्रक्रियामा जानुको विकल्प नभएको नगरपालिकाका प्रमुख महेश खरेलले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]