सरकार पनि कानुनको सीमामा बस्नुपर्छ

|

काठमाडौं : पूर्वमन्त्री तथा कांग्रेस सांसद मिनेन्द्र रिजाले सरकारले हरेक विषयमा निम कुल्चेर अघि बढेको भन्दै सदनको ध्यानाकर्षण गरेका छन्। बिहीबार खर्च कटौती प्रस्तावमा बोल्दै नेता रिजालले यस्तो बताएका हुन्। 
उनले प्रत्येक मन्त्रीहरूले आफू मातहतका कार्यलयमा कर्मचारीलाई खिसिट्युरे गर्नुका साथै धम्क्याउने र तर्साउने  गरी अघि बढेको आरोप लगाएका हुन्। उनले त्रिभुवन विमानस्थल २१ घण्टा गर्ने की जागिर छो्ड्ने भन्ने प्रकृतिको धम्की दिएर विमानस्थल २१ घण्टा संचालनमा ल्याएको तर विजनेश नपाएको कुराले सरकारको काम प्रस्तुत गरेको दाबी गरे।

त्यस्तै कानुन मन्त्रीले पनि यस्तै गरेको आरोप रिजालको छ। सरकार निर्देशनको शैलीमा मात्रै अघि बढेको दाबी उनले गरे। 'जागिर खान मन छ भने २१ घण्टा गर हैन भने जागिर जाला, भन्ने धम्कीले विमानस्थलको संचालनको समय बढाइयो तर २१ घणटा भएपछि काम केही भएको छैन' रिजालले भने।
उनले सरकार पनि कानुनको पालनका गर्दै कार्यन्वयनमा अघि बढ्नुपर्ने भएको बताउँदै त्यसो नगरी 'काम गर्छस् कि जेल जान्छस्' भन्ने शैलीबाट अघि बढेको बताए। 

उनले नेपाल टेलिभिजनका मन्त्रीलाई प्रश्‍न सोधेको भन्दै कार्क्रम बन्द एनटिभीलाई २४ करोड अनुदान लगायतका विषयमा सरकारले पावर देखाउन खोजेको आरोप लगाए। त्यस्तै कानुनमा भएको विषय उठाउदा दुई तिहाइको दम्भ सरकारले देखाएको भन्दै यसो गरेमा जनताबीच जानुको अर्को विकल्प नहुने नेता रिजालको भनाई थियो।

उनले सदनमा सभामुख र उपसभामुख एउटै पार्टी हुनु हुदैन भन्दा सत्ता पक्ष सांसदले दम्भ देखाउन खोजेको आरोप लगाए।
 संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको विभिध खर्च शीर्षकमा राखिएको १० करोड पूर्ण रुपमा कटौति गर्नको लागि प्रस्ताव पेश गरेका छन्। साधारण खर्च कसरी गर्ने भन्ने योजना दिन नसकेर विभिद शिर्षकमा रकम राखिएको आरोप रिजालले लगाए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.