|

काठमाडौं : कोरिया पठाएर राम्रो रोजगारीमा लगाइदिने भन्दै नौजना व्यक्तिबाट ७९ लाख ६५ हजार आठ सय रुपैयाँ ठगी गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्जुङ दुर्दी गाउँपालिका-२ का मिन बहादुर थापा र सोही स्थानका जोसेफ श्रेष्ठ रहेका छन्।

उनीहरूलाई केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले बुधबार ललितपुरबाट पक्राउ गरेको हो। थापा र श्रेष्ठले पुतलीसडकमा सञ्चालित लोटस कन्सल्टेन्सीमार्फत उनीहरूलाई कोरिया पठाउँछौँ भनी ठगी गरेको प्रहरीको भनाइ छ।

सिआइबीका प्रहरी उपरीक्षक कृष्णहरि शर्माका अनुसार उनीहरूले सरकारी कोटामा कोरियाको भिसा लगाइदिने भनी प्रलोभनमा पारेको भनाइ छ। उनीहरूले प्रतिव्यक्ति ११ लाखसम्म उठाउने गरेको शर्माले बताए। प्रहरीले दुवैजनालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.