'भगवान शिवदेखि प्रधानमन्त्री ओलीसम्म पुग्नुभयो तर केही भएन'

|

काठमाडौं : कर्णालीका सासंदहरूले सरकारले कर्णाली प्रदेशमा बजेट विनियोजनामा कन्जुस्याइँ गरेको गुनासो गरेका छन्। बिहीबार पर्यटन, स‌ंस्कृति तथा नागरिक उड्डयन, खेलकुदलगायतका मन्त्रालयको विनियोजित बजेट छलफलमा मुगुका सांसद गोपाल बमले सरकारले कर्णाली प्रदेशलाई त्यसमा पनि रारा र मुगुलाई बेवास्ता गरेको गुनासो गरे।

प्रकृतिले दिएको वरदानमा मानव निर्मित केही गर्न नसकिएको गुनसो उनको थियो। 'मानव निर्मित पनि धेरै पर्यटकीयस्थल छन् तर सरकारले बजेट नै दिँदैन, मानव निर्मित केही हुने कुरा भएन', बमले भने। 

उनले पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमा कहीँ पनि रारा र मुगु भन्ने शब्द नै नराखिएको भन्दै गुनासो गरे। 'खाऊँ कर्केली पेट फर्केली, नखाऊँ कर्केली सासु तर्केली', बमले भने, 'केही भनौँ भने आफ्नै सरकार आफ्नै मन्त्री छन्, नभनौँ भने सबै ठाउँ जिरोजिरो छ।'

सांसद बमले पाँच पाण्डवदेखि भगवान शिव, राजा महेन्द्र हुँदै अहिलेका प्रधानमन्त्री ओलीसमेत पुगेको क्षेत्रमा सरकारको आँखा नपुग्नु दुखद विषयमा भएको गुनासो गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.