राजनीति

युवा संघ र वाइसिएल एकीकरण प्रक्रिया एक हप्ताभित्र टुंगिने
SHARES

जेठ ३१, २०७५

    काठमाडौं : नवगठित नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन युवा संघ, नेपाल र वाइसियल, नेपालले एक हप्ताभित्र एकीकरण प्रक्रियालाई अन्तिम रूप दिने तयारी गरेको छ।

    तत्कालीन एमालेको युवा संघ, नेपाल र तत्कालीन माओवादी केन्द्रको वाइसियल, नेपालको एकता कार्यदलको बिहीबार बसेको बैठकले दुई संगठनबीचको एकीकरण प्रक्रियालाई एक हप्ताभित्र टुंग्याउने गरी आन्तरिक छलफललाई तीव्रता दिने निर्णय गरेको हो। एक हप्ताभित्र दुवै संगठनको एकता प्रक्रियालाई टुंगाउने गरी कार्यदल स्तरमा छलफल भइरहेको वाइसियल नेपालका अध्यक्ष दीप शिखाले जानकारी दिए।

    कार्य दलको बैठकमा एकीकृत संगठनको नाम, विधान र सांगठानिक संरचनाको विषयमा छलफल सुरु गरिएको छ। अध्यक्ष शिखाले संगठनको भावी दिशा भने मुलुकको समृद्धि र रोजगारीको अवसर सृजना गर्नका लागि सरकारलाई सक्दो सहयोग गर्ने दिशामा केन्द्रित हुने निष्कर्ष निकालिएको पनि बताए।

    दुवै संगठनको बुधबार बसेको उच्च स्तरीय बैठकले संगठनको विधान र सांगठनिक संरचना तय गर्ने जिम्मेवारी एकता कार्य दललाई दिने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा विहीबार वाइसियल नेपालको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको एकता कार्य दलले एकीकरणको समग्र विषयमा छलफल सुरु गरेको हो।

    एकीकृत संगठनको नाम सम्भवतः नयाँ रहनेमा आम सहमति हुने वाइसियल, नेपालको दावी छ। तर, युवा संघ, नेपालले भने युवाहरूको प्रतिनिधित्व गर्ने संगठन भएकाले यसको नाम युवा संघ, नेपालनै राख्न उपयुक्त हुने तर्क गर्दै आएको छ। दुवै संगठनले एकीकरणको प्रारुप तयार पारेपछि पार्टीले त्यसलाई अनुमोदन गर्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]