|

काठमाडौं : महिला, बालबालिका तथा ज्‍येष्ठ नागरिक मन्त्री थममाया थापाले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको अभियानलाई सफल बनाउनु सबै नागरिकको उत्तिकै दायित्व रहेको बताइन्।

मन्त्री थापाले सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्पलाई परिणाममुखि बनाउन कोसिस गरिरहेको दावीसमेत गर्नु भयो। बिहिबार काठमाडौंमा आयोजित बालमैत्री संचार निर्देशिकासम्बन्धी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले बालबालिकाहरूको समग्र विकासमा गम्भीर भएर सोच्न पनि सबैलाई आह्वान गरिन्। मन्त्री थापाले बालबालिका र महिलामाथि हुने हिंसा अन्त्यका लागि समाजमा सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गरिदिन पनि पत्रकारहरूसँग आग्रह आग्रह गरिन्।

मन्त्री थापाले राजनीतिक, आर्थिक तथा सामाजिक पछौटेपनका कारण मुलुकमा महिला हिंसा बढदै गएको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्दै लैजाने दायित्व समाजका अगुवाहरूको रहेको पनि बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.