|

कञ्चनपुर : कञ्चनपुको पुनर्वास नगरपालिका-७ परासनस्थित दोदा नदी किनारामा बेवारिसे अवस्थामा राखिएका सालका विभिन्न नापका आठवटा भन्दा बढी गोलिया बिहीबार बरामद गरिएको छ। इलाका वन कार्यालय त्रिभुवन वस्ती र कुण्डा सेक्टर वन कार्यालयको संयुक्त गस्ती टोलीले बेवारिसे अवस्थामा काठ फेला पारेको हो।

बेवारिसे अवस्थामा फेला पारेको काठ गोरु गाडा बाट ढुवानी गरी  घाटगद्दीमा राखिएको इलाका वन कार्यालय त्रिभुवनवस्तीका प्रमुख रेशमलाल शर्माले बताए। काठ कहाँबाट ल्याइएको भन्ने बारे अनुसनधान भइरहेको उनको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.