|

काठमाडौं :  उपत्यका लगायत देशभरको तापक्रम बढ्दै गएकोछ। जसले गर्दा स्वास्थ्य संस्थाहरुमा भाइरलका बिरामीहरु ह्वात्तै बढ्दै गएका छन्। अन्य मौसममा भन्दा गर्मी मौसमा विभिन्न प्रकारका संक्रमणहरु धेरै देखिने गर्छ।

जलवायु परिवर्तन, वातावरण प्रदूषणले गर्दा तराई क्षेत्रमा मात्र नभई पहाडी भूभागमा समेत पछिल्लो समय गर्मीले समस्या उत्पन्न गर्दै छ। जसले गर्दा पहाडी भेगमा समेत धेरै  गम्रीका साथै बर्षा समेत हुने हुदाँ किटजन्य र पानीजन्य संक्रमणहरु धेरै हुने गर्छ। गर्मी र बर्षाको कारण यस मौसमा देखिने मौसमी संक्रमणजन्य सरुवा रोगहरु लागेमा सामान्य ध्यान दिन सके पनि यस्ता संक्रमण बाट जोगिन सकिने भए पनि सामान्य असावधानीले गर्दा बर्षेनी धेरै मानिसहरु यस्ता मौसमी संक्रमण बाट  प्रभावित हुने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाको भनाइ छ। उनका अनुसार यस मौसममा देखिने प्रमुख सरुवारोगहरु यस्ता छन् -

गर्मी मौसममा देखिने सरुवा रोगहरु

१ पानीजन्य रोगहरु

 टाइफाइट :  यो मौससमा धेरैमा टाइफाइट ज्वरो देखिने गर्छ। साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ। साल्मोनेला समूहका धेरै खालका जिवाणु हुन्छ तर टाइफाइड भएका विरामीमा बढीमात्रामा साल्मोनेला टाइफाई र प्यारा टाइफाइडका जिवाणुहरु भेटिन्छन्।

दुषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु प्राय गर्मी र बर्खायामको समयमा बढी क्रियाशिल हुने गर्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरु प्रभावित हुने गरेको देखिएको छ।

मानिसको शरीरमा हनहनी ज्वरो आँउछ । त्यसबाहेक रिँगाटा लाग्ने, वाकवाकी लागि कसै कसैलाई बान्त पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ।

झाडापखला :  यो मौसमा देखिने पानी जन्य अर्को सरुवा रोग झाडापखला हो। बर्षाको समयमा हामीले खाने धेरै जसो पानी दुषित हुने हुदाँ झाडापखला देखिने गर्छ। शहरको तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखला धेरै देखिने गर्छ। यस मौसमा खाने पानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म  हुने हुदाँ डाफापखला धेरै देखिने गर्छ।

हेपटाइस ए, बी : हामीले खाने कुरा र पानीले गर्दा यस मौसममा देखिने अर्को प्रमुख सरुवा रोग हेपटाइस ए, बी अर्थात जन्डिस हो। बासी खाने कुरा  तथा दुषित पानीले धेरैलाई जन्डिस देखिने गर्छ। शरिरमा पानीको कमी हुनु तथा बजारमा राखिएका बासी खाने कुरा  खाने गर्नाले पनि धेरैलाई जन्डिस देखिने गर्छ। सुरुमा ज्योरो आउने शरीर गर्दै जाने जन्डिसको प्रमुख लक्षण हो।

आउँ :  हामीले खाने दुषित पानी र खानेकुराले गर्दा यस मौसमा धेरैलाई आउँ देखिने  गर्छ। पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने  लामो समयसम्म उपचार  नगरेमा शरीरमा पानीको मात्र कम हुने र अन्यमा शरीरका महत्वपुर्ण अगंहरुले काम गर्न छोड्न हुन्छ। जसले गर्दा यस मौसममा आउँबाट बच्न हामीले खाने पानी र खाने कुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ।

२ किटजन्य रोगहरु

स्वाइन फ्लु: गर्मी मौसममा मानिसहरुमा विभिन्न प्रकारका मौसमी फ्लुहरु देखिने गर्छ। त्यस्तै स्वाइन फ्लु पनि एक प्रकारको फ्लु हो। स्वाइन फ्लुका बिरामी पनि रुघाखोकीका बिरामी जस्तै हुने भएकाले रुघाखोकीमा पनि हेलचेक्र्याई गर्न हुदैन।

स्वाइन फ्लु पनि एक प्रकारको फ्लू हो। मौसममा देखिने रुघाखोकीका बिरामी जस्तै स्वाइन फ्लु पनि त्यस्तै भएकाले स्वाइन फ्लु देखिहालेमा आतिनु पर्दैन तर यसलाई हेलचेक्राइ गर्नुपनि हुदैनु   स्वाइन फ्लु भएमा सामान्य रुघाखोकी लाग्ने, घाँटी दुख्ने र उच्च ज्वरो आउने जस्ता लक्षण देखिने हुँदा यस्ता लक्षण देखिने वित्तिकै चिकित्सकलाइ देखाउनु पर्छ।

स्वाइन फ्लुबाट जोगिन मानिसहरुले आफूलाई सफा सुग्घर राख्ने, कोही रुघाखोकीका बिरामी छन् भने उनीहरुबाट टाढा रहनुपर्छ। स्वाइन फ्लु एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले सकेसम्म भीडभाडमा नजाने, बाहिर हिड्दा माक्सको प्रयोग गर्नु पर्ने हुन्छ।

स्क्रव टाइफस : गर्मी मौसमा देखिने अर्को सरुवा रोग स्क्रब टाइफस पनि एक हो। यस मौसमा घरवरपर धेरै  झाडी हुने र त्यस्ता झारपात, झाडीमा पाइने भएकाले त्यस्ता ठाउँमा जाँदा उक्त किर्नाले टोकेको खण्डमा यो रोग लाग्ने गर्छ।

स्क्रब टाइफस एक संक्रमित किर्नाको टोकाईबाट लाग्ने रोग हो। यो जुम्रा जस्तै सानो हुन्छ। यो मुसाको कान वा अन्य जीवजन्तुमा पनि भेटिन्छ। किर्नाले टोकेपछि मानिसलाई १०४ डिग्रीसम्म ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, खोकी लाग्ने, गर्धन र घाँटी वरपर मसिना बिविरा आउने, धेरै पसिना आउने, ग्रन्थीहरु सुनिँदै जाने लक्षण देखिने

डेंगु : यडिस प्रजातीको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुन्छ। डेंगु सार्ने लामखुट्टेले पानी जमेको स्थानमा फूल पार्छ। अन्य लामखुट्टेले लामो समयदेखि जमेको पानी, फोहोर पानी, हिलोमा जमेको पानीमा फुल पार्ने भएपनि एडिस प्रजातिको लामखुट्टेले तीन चार दिनदेखी जमेको पानीमा मात्र फूल पार्ने गर्छ।

यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ। वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गर्छ।  

सरुवा राेगबाट कसरी बच्ने ?

सरुवा रोगबाट जोगिन सबै भन्दा पहिले हरेक व्यक्तिले  व्यक्तिगत सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ। बर्षात को मौसममा अझ बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिमा पानीजन्य समस्याको प्रकोप धेरै हुने हुदाँ हामीले खाने पानीको शुद्धतामा बिशेष ध्यान दिनु आवश्यक हुन्छ।  बर्षात मा दुषित पानी बाट लाग्ने रोगहरुबाट बच्ने सबै भन्दा पहिलो विकल्प भनेकै दुषित पानीको सेवन  नगर्नु हो। अर्को यस मौसमा बासी खाने कुरा नथा काचोँ खानेकुरा खानु हुदैन। घरबाहिर निस्कदाँ माक्सको प्रयोग गर्ने गर्नु पर्छ। यस्तै यो मौसममा देखिने किट जन्य रोगहरुबाट बच्न घरबाहिर निस्कदा बाक्लो कपडा लगाउने। धरै झाडी भएको ठाउँमा नजाने गर्नु पर्छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.