संखुवासभा : खाँदबारी नगरपालिका-३ मानेभञ्ज्याङबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन्। सिलिचोङ गाउँपालिका-५ याफु घर भर्इ हाल खाँदबारी-३ मा बस्दै आएका ३५ वर्षीय केदार राईलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो।
बुधबार राति प्रहरीको गस्ति टोलीले राईलाई पेस्तोलसहित पक्राउ गरेको हो। रार्इलार्इ ३१ प ९५४४ नम्बरको मोटरसाइकलबाट खाँदबारीतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। चेकजाँच गर्ने क्रममा उनको समथबाट एक अटोमेटिक पेस्तोल, दुई वटा म्यागजिन र १४ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ।
राईलाई हातहतियार तथा खरखजना अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी श्याम सारु मगरले जानकारी दिए। गएको स्थानीय तहको निर्वाचनमा सिलिचोङ गाउँपालिका ५ मा वडा अध्यक्षको उमेदवारसमेत बनेका थिए। पक्राउ परेका राई नयाँशक्ति नेपाल पार्टीका कार्यकर्ता हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।