|

कालिकोट : सामाजिक एवं आर्थिक हिसाबले पछाडि पारिएको कर्णाली प्रदेश र प्रदेश ७ मा अहिले पनि छाउपडी कु-प्रथा रहेको छ। यहाँका सामाजिक रुढीबादी मान्यताका कारणले यहाँका महिलाहरू छाउ गोठमा बस्ने गरेका छन्। रुढीवादी सामाजिक संस्कृतिका कारणले छाउगोठ महिला बिभिन्न जंगली जनवारको डरदेखि बलाकृतसमेत हुने गरेका छन्। यसै प्रथाका कारणले कयौंको ज्यान समेत गुमाइसकेका छन्।

के हो छाउपडी प्रथा

कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, दैलेख, जुम्ला, जुम्ला, मुगु र हुम्ला तथा  प्रदेश ७ का अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेल्धुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास रहेको छ। यस्तो बेलामा यहाँका महिलाहरू सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ। यस्तो गोठलाई ‘छाउपडी गोठ’ भन्ने गरिन्छ। 

छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा प्राचीनकालदेखि नै चलिआएको कुप्रथाका रुपमा रहेको कर्णाली संस्कृतिका जानकार तथा पंचदेवल माध्यामिक बिद्यालय शिक्षक चन्द्रप्रसाद कोइरालाले बताए। ‘सामाजिक कु-प्रथाका रुपमा रहेको छाउपडी प्रथा यहाँका मानिसहरू देवताको डरका कारणले घरभन्दा परेका छुट्टै गोठमा बस्ने गरेका छन्।’ उनले भने, ‘यस्तो बेला सुत्केरी महिलाहरू भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नुपर्ने गर्दछन्।’ 

को मान्दछन् बढी

छाउपडी प्रथा विशेष गरेर मध्य पहाडी हिमाली जिल्लामा बसोबास गर्ने बाहुन, क्षेत्री, मगर, क्षेत्री धार्मिक रुपमा परम्परावादी परिवारका महिला यो परम्पराबाट पीडित रहेका छन्। छाउपडी बस्ने महिलाले दही, दूध खाएमा र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वास रहेको यसको शिक्षक कोइरालाले बताए। ‘सुत्केरी तथा महिनावारी भएका महिलाले घरका गाई भैँसीको दूध नखाने र नछुने गर्दछन्।’ उनले भने,‘यो विशेष गरेर समाजमा रहेका भद्र भलादमी, परम्परावादीहरूको बढी पाइन्छ।’

महिलालाई महिनावारी भएको बेलामा छाउ गोठमा नबसेमा घरकै मानिसहरुले पनि घृणा गर्ने र महिनावारी भएको बेलामा महिलाले घरमा बस्न नहुने परम्परा कारणले महिलाहरूलाई बिभेद गरिएको कालिकोट खाँडाचक्र नगरपालिकाका उपप्रमुख बिजया बिष्टले बताइन्। ‘महिनावारी भएका बेला घरमा बस्दा देवता रिसाउएर आफूहरूलाई श्राप दिन्छन् भन्ने अन्धविश्वास कायम नै छ।’ उनले भनिन्, ‘यही अन्धविश्वासका कारणले महिलाहरूको ज्यान जोखिममा रहेको छ।’

छाउगोठमा बस्दा कतिपय महिलाहरू विभिन्न रोगको संक्रमणले ज्यान गुमाउनुका साथै बाघ, सर्प जस्ता डरलाग्दा जनावरहरूको सिकार बन्नु परेको उपप्रमुख बिष्टले बताइन्। ‘संसारमा धेरै कुराको विकास भइरहेको छ।’ उनले भनिन्,‘अहिले पनि हाम्रो चलन उही पुरानै परम्परावादी भएका कारणले समस्या भएको हो।’

छाउपडी उल्मूलन गर्न दर्जनाै संस्था उपलब्धि शून्य

कर्णाली र ६ नम्बर प्रदेशमा जिल्लाहरुमा छाउपडी प्रथा हटाउन लागि दर्जनाैं गैरसरकारी संस्था र सरकारबाट बर्सेनी लामो रुपैयाँ खर्च हुने गरेको छ। तर, त्यो प्रायः उपलब्धि शून्य रहेको छ। छाउपडी प्रथा उल्मुलनका लागि यी क्षेत्रहरुमा दर्जर्नौ सरकारी तथा गैरसरकारी संस्थाहरु भएपनि उपलव्धि शून्य रहेको छ। तर, काममा उपलब्धि शुन्य भए पनि छाउपडी प्रथाबाट घटेका घटनाको भने सरकारी तथा गैरसरकारी संस्थाहरूले बजोडका साथ उठाउने गरेको कालिकोट बार एसोसियनका सचिव अम्मलराज शाहीले बताए। ‘उपलव्धि जे जस्तो भएपनि घटनाका बिषयमा भने निकै उठाउने गरेका छन्।’ उनले भने,‘यो पनि एउटा गैससका लागि एउटा खेती हो।’

घटना धेरै हुन्छन् थोरै मात्र बाहिर आउँछन्

छाउपडी प्रथाका कारणले महिलाहरू छाउगोठमा नै मर्नु, बलाकृत हुनु, बिभिन्न यौनजन्य हिंसा भोग्ने गरेको भए पनि थोरै मात्र घटना बाहिर आउने गरेका छन्। बिषेश गरेर गैरसरकारी संस्था र सरकारी निकायले जहाँ छाउपडी प्रथा उल्मूलनबिरुद्ध बढी सक्रियता बढाएका छन्। त्यहाँ यी घटना बढी आउने गरेको छन्। 
बिभिन्न ठाउँमा छाउगोठ र सुत्केरी भएका बेला गोठमा बसेर नै ज्यान जाने, बलाकृत हुने र यौनहिंसाका घटना घट्ने गरेको तर, जहाँ सरकारी तथा गैरसरकारी निकायहरू बढी क्रियाशील भएको ठाउँमा मात्र यी घटना बाहिर आउने गरेको जुम्लाका सामाजिक अभियन्ता हरिहर न्यौपानेले बताए।

‘पश्चिम नेपालमा छाउपडी र सुत्केरीका कारण कयौं महिलाले ज्यान गुमाउनु साथै यौनजन्य हिंसा भोगेका छन्।’ उनले भने,‘तर, ती बढी सरकारी तथा गैरसरकारी संस्था क्रियाशील भएका ठाउँका मात्र बाहिर आएका छन्।’  

अछाममा मात्र ९ वर्षमा १२ ज्यान गुमाए 

छाउपडी कु प्रथाको संस्कार सबै ठाउँमा भए पनि यस्ता घटना सबै पश्चिमका जिल्लामा हुने गरेका भए पनि पछिल्लो चरणमा अछाममा बि.स. २०६७ साल यता छाउगोठ बसेर तथा सुत्केरी भएका बेला गोठमा बसेर १३ जनाको मृत्यु भएको सार्वजनिक भएको छ। 
१. पार्वती बुढा, तुर्माखाद २०७५ जेठ २६
२. गौरी बुढा, तुर्माखाद २०७४ पुष २४
३. रोशनी तिरुवा, गाज्रा २०७३ असार     
४. डम्मरा उपाध्याय, तिमिल्सेन -७, २०७३ मसिर ४
५. शर्मिला भुल, रिडिकोट -३, २०६९ पुष ४
६. लक्ष्मी बुढा, ढकारी -४, २०६८ माघ १९
७. झुमादेबि शाही, बारल-१, २०६८ माघ १
८. डिक्रादेबि ढकाल,बिरपथ २०६७
९. रतन देवी बिक, पायल -५, २०६३ माघ
१०. झुप्री ढोली, पायल -२, २०६७ फागुन
११. पार्बती दमाई, पायल
१२. हंसा जैसी, नाडा
१३. हंसदेवी जोशी, रानीबन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.