|

पर्वत : बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा बिहीबार दिउँसो भएको पिकअप जिप दुर्घटनामा परी वडा सदस्यसहित दुईजनाको मृत्यु भएको छ।  घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग१ज ६० ३४ नम्बरको गाडी दुर्घटना हुँदा ताराखोला गाउँपालिका ३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र सोही ठाउँका ५४ वर्षीय हरिराम गिरीको मृत्यु भएको हो।

दुर्घटनामा परी अन्य दुईजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा ताराखोला गाउँपालिका- ३ का २७ वर्षीय  जिप चालक डम्बरबहादुर घिमिरे र सोही स्थानका ४२ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए। 

घाइते दुवैलाई उपचारका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर लगिएको छ। दुवैको अवस्था  दुर्घटनाग्रस्त गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरी नायव उपरीक्षक थापाले बताए। दुर्घटना कसरी भयो भन्ने विषयमा कारण खुल्न सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.