|

हेटौँडा : प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफ्नाे आधिकारिक वेवसाइट शुभारम्भ गरेको छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वेवसाइटको शुभारम्भ गरेका हुन्।

वेवसाइट शुभारम्भ गर्दै मुख्यमन्त्री पौडेलले वेवसाइट संचालनमा ल्याउने तर अपडेट नगर्ने समस्या रहेको भन्दै यसमा खबरदारी गर्नुपर्नेमा जोड दिए। उनले आफूहरू प्रदेशमा सुशासन र पारदर्शिता कायम गर्ने अभियानमा रहेकोले वेवसाइटले यसमा सहयोग पुग्ने बताए।

वेवसाइटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकका निर्णय, सचिव बैठकको निर्णय, सूचना, प्रेस विज्ञप्ति, खरिदसम्बन्धी सूचना, प्रदेश मन्त्रालयका वेवसाइट र अन्य लिंकहरू रहनेछन्।

वेवसाइटमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सबै गतिविधिहरूमा सबैको पहुँच रहने प्रदेश ३ का मुख्य सचिव रेश्मीराज पाण्डेले जानकारी दिए। वेवसाइटकाे याे ocmcm.p3.gov.np ठेगानामा गएर पनि हेर्न सकिने छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.