|

काठमाडौं : साउन ११ गतेबाट प्रदशर्नमा आउने फिल्म 'रोमियो एण्ड मुना'को नयाँ गीत रिलिज भएको छ। सार्वजनिक 'भेडेटार घुमौँला' बोलको गीतमा कोसिस क्षेत्रीको संगीत रहेको छ। दिनेश राउतको शब्द रहेको गीतमा नायक विनय श्रेष्ठ र मीना निरौलाको स्वर सुन्न सकिन्छ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिङ छन्। भिडियोमा सृष्टिको पछि विनय लागेको देखाइएको छ।

यो गीतसहित फिल्मका चार गीत दर्शक तथा श्रोतामाझ आइसकेका छन्। अझै फिल्ममा समावेश एउटा गीत सार्वजनिक गर्न बाँकी रहेको निर्माता प्रशन्न गोपाली बताउँछन्। भन्छन्, 'स्क्रिप्टको डिमान्डअनुसार नै गीत राखेका हौँ।'

फिल्मलाई नरेशकुमार केसीले निर्देशन गरेका छन्। प्रेमकथामा निर्माण भएको फिल्ममा सृष्टि र विनयसँगै प्रज्वलसुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्तको पनि मुख्य भूमिका रहेको छ। निर्देशक केसीकै लेखन रहेको यस फिल्ममा प्रशन्न गोपाली, रोजी श्रेष्ठ र कविन शाक्यको लगानी रहेको छ।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.