|

काठमाडौं : हाम्रो पात्रो प्रयोगकर्ताहरूका लागि हाम्रो पात्रोले एप स्टोरमा नयाँ एप 'Football World 2018' सार्वजनिक गरेको छ। यो एपमा हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रो पात्रोमा समेत प्राप्त गर्न सकिनेछ।

हाम्रो पात्रोले विश्वकप फुटबललार्इ नेपाली प्रयोगकर्तासम्म जोड्ने पहिलो प्रयास सन् २०१४ मा गरेको थियो। नयाँ एप्लिकेसनले प्रयोगकर्ताको त्यो उत्साहमा अझ ऊर्जा भर्ने हाम्रो पात्रोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, 'थप वृहत्त, थप रोचक बनाउने प्रयास गरेका छौँ 'Football World 2018' लार्इ।'

फुटबलप्रेमीहरूले खेलका दौरान तथा आगामी खेलहरूबारे खोज्ने मुख्यतः सामग्रीहरू जस्तै : खेल तालिका, देशहरू, टाइमलाइन, तत्काल हुने खेलका ताजा अपडेट तथा रिमाइण्डरहरूको सजिलो प्रयोग नै यस 'Football World 2018' एपको विशेषता भएको हाम्रो पात्रोले जनाएको छ।

आफूलार्इ मनपर्ने देशलार्इ फेब्रेट पनि गर्न मिल्ने सुविधासमेत एपले राखेको छ। यसका लागि देशको झण्डामाथि भएको फेब (पानपाते) बटन थिच्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.