|

काठमाडौं : गीतकार जनमेजय सम्पाङ राईको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। बिहीबार युट्युब च्यानलमार्फत् 'सहारा तिमी मेरो' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा ताराप्रकाश लिम्बूको संगीत तथा स्वर रहेको छ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा गायक लिम्बू र संगीता नापित फिचरिङ छन्। अपर मुस्ताङमा खिचिएको भिडियोमा उनीहरूको प्रेम र बिछोडको पीडालाई देखाइएको छ।

राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई सौरभ लामाले खिचेका हुन्। भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। गीतको एरेन्ज साहस शाक्यले गरेका छन्।

हेर्नुहोस् गीत :  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.