|

उदयपुर : सगरमाथा लोकमार्गको कदमा गाइघाट सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका ३ मोतिगढाचोक मोटरसाइकलको ठक्करले एक पैदल यात्रीको मृयु भएको छ।

बिहीबार दिउँसो बगाहाबाट गाइघाटतर्फ आउदै गरेको स ५ प ४०६५ नम्बरको मोटरसाइकलको  ठक्करले नामथर वतन नखुलेकी वर्ष ५० वर्षीया महिलाको मृत्यु भएको उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए।

भट्टका अनुसार ठक्कर दिँदा गम्भीर घाइते महिलालाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको हो। आफन्त वा चिन्नेले जिल्ला प्रहरी कार्यालय उदयपुरमा सम्पर्क राख्न वा टेलिफोन नम्बर ०३५–४२०१९९, १००, ९८५२८३५२७७ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.