राजनीति

नेविसंघ र तरुण दलद्वारा मूल्य वृद्धिको विरोध
SHARES

जेठ ३१, २०७५

    रोल्पा : सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा रोल्पास्थित नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले बिहीबार पुत्ला जलाएका छन्। ‘भ्रष्टाचारी’ लेखिएको पुत्ला बोकेर कांग्रेस पार्टी कार्यालयबाट लोकतान्त्रिक चोक हुँदै टुँडिखेल पुगेका कार्यकर्तालाई पुत्ला जलाउन प्रहरीले रोक्न खोजेको थियो।

    झन्डा तथा जलाउन थालिएको पुत्ला प्रहरीले खोस्न खोजेपछि कांग्रेस कार्यकर्ता र प्रहरीबीच केहीबेर तानातान भएको थियो। उनीहरूले ‘कालोबजारी मुर्दावाद, मूल्य वृद्धि फिर्ता गर, जनविरोधी सरकार मुर्दावाद, कम्युनिस्ट सरकार राजीनामा दे’ जस्ता नारा लगाउँदै लिबाङको टुँडिखेलमा पुगेका थिए।

    आन्दोलन जारी

    पुत्ला जलाएपछि सहभागीलाई सम्बोधन गर्दै नेविसंघ रोल्पाका अध्यक्ष शेरबहादुर थापाले अनावश्यक मूल्य वृद्धि गर्ने सरकारको कदम जनविरोधी भएको टिप्पणी गरे। ‘हामीले उठाएको आवाज जनताको आवाज हो’ अध्यक्ष थापाले भने ‘जनताको दैनिकीसँग जोडिएको पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्ने काम कम्युनिस्ट सरकारको नालायकीपन हो।’

    त्यस्तै संघका सचिव नारायण रेग्मीले सरकारले मूल्य वृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताए। नेपाल विद्यार्थी संघले केन्द्रीय कार्यक्रमअनुसार एक सातादेखि आन्दोलन गरिरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]