|

हेटौँडा : प्रदेश ३ को प्रदेशसभा बैठकमा बिहीबार दुईवटा विधेयक पारित भएका छन्। प्रदेशसभा भवन हेटौँडामा दिउँसो बसेको बैठकमा प्रदेश आकस्मिक कोष र प्रदेश वित्तीय हस्तान्तरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अर्थ तथा विकास समितिको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गरेका थिए। सभामुख सानुकुमार श्रेष्ठले विधेयक निर्णार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको थियो।

बैठकमा बिहीबार अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले प्रतिवेदनसहितको विधेयक प्रदेशसभा बैठकमा पेश गरेका थिए। प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि करिब ४० अर्ब बराबरको बजेट ल्याउँदैछ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.