|

सिन्धुली : सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा काग्रेस निकट नेपाल विद्यार्थी संघले बिहीवार अपराह्न सिन्धुलीमाढीमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन्। पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेविसंघ सिन्धुलीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्।

नेपाली कांग्रेस सिन्धुलीको पार्टी कार्यालयबाट प्रधानमन्त्री ओलीको पुत्ला बोकेर निस्केको विरोध र्‍याली धुराबजार हुँर्दै कमलामाई नगरपालिका अगाडि पुगी पुत्ला जलाएका छन्। प्रधानमन्त्री ओली नेतृत्वको सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि कांग्रेस र उसका भातृ संगठनले विरोध गर्दै आएका छन्।

सरकार पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने योजनामा लागेको भन्दै आन्दोलित भएको नेविसंघ सिन्धुलीका सभापति उत्पल खड्काले बताए। 

यसैबीच स्थानीय प्रशासनले विरोध जुलुस गर्न रोक लगाएको स्थानमा नेविसंघले बिहीबार प्रधानमन्त्री ओलीको पुत्ला जलाएका छन्।

जिल्ला सुरक्षा समितिको गत जेष्ठ २४ गते बसेको बैठकले लोकतान्त्रिक चौरमा मात्र कुनै पनि बेला जो सुकैले विरोध प्रदर्शन गर्न पाउने स्थान तोकेको थियो। तर नेविसंघले त्यो निर्णयलाई लत्याउँदै कमलामाई नगरपालिका अगाडि नै प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.