स्वास्थ्य

नागरिकको स्वास्थ्यको जिम्मा सरकारले लिन्छ : राज्यमन्त्री अर्याल
SHARES

जेठ ३१, २०७५

    पर्वत : स्वास्थ्य तथा जनससंख्या राज्य मन्त्री पद्मा अर्यालले अब सम्पुर्ण नेपाली नागरिकको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिने बताएकी छिन्।

    पर्वत जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई बिहीबार सदरमुकाम कुश्माबजारमा सम्वोधन गर्दै राज्यमन्त्री अर्यालले अब आर्थिक अभावमा कुनै पनि नागरिक उपचारबाट बञ्चित हुनुनपर्ने बताउँदै सरकारले जिम्मा लिने बताएकी हुन्।

    उनले सरकारले पाँच वर्षभित्रमा सबै स्थानीय तहमा विशेष डाक्टरको दरवन्दीसहितको अस्पताल निर्माण गरिने जानकारी दिँदै गाउँपालिकामा १५ शैया र नगरपालिकामा २५ शैयाको अस्पताल स्थापना गरिने उल्लेख गरिन्। राज्यमन्त्री अर्यालले राजधानी लगायत सुविधासम्पन्न शहरहरूमा बनेका ठूला-ठूला अस्पतालहरू बनेर दूरदराजमा रहेका नागरिकहरू लाभान्वित हुन नसक्ने बताउँदै स्थानीय तहमै सुविधा सम्पन्न अस्पतालहरूको विस्तार गर्न थालिएको जानकारी गराइन्।

    वृद्धभत्ता वृद्धि नगरेको भनेर सरकारप्रति धेरैले गुनासो गरेको बताउँदै उनले सम्पूर्ण जेष्ठ नागरिकको उपचारको ग्यारेण्टीको लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाइने तर्क गरिन्। मन्त्री अर्यालले सरकारले सुत्केरीहरूको भत्ता दोब्बर वृद्धि गरेको बताउँदै अब जुनसुकै वर्ग, क्षेत्र, र समुदायका नागरिकहरू गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने ठोकुवा पनि गरिन्।

    पूर्णखोप सुनश्चित जिल्ला बन्यो पर्वत

    पर्वत जिल्लाका जन्मेदेखि १५ महिना उमेर समूहका सबै बालबालिका खोपको दायरामा आएपछि पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको हो। कुल ३ हजार ४३३ बालिबालिकालाई खोप लगाउने लक्षित संख्या रहेकोमा २ हजार ४४६ बालबालिकालाई सबै प्रकारका खोपको मात्रा लगाइको खोप जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.बुद्धिबहादुर थापाले जानकारी दिए। उनका अनुसार जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाका गरी ६१ वडामै जन्मेदेखि १५ महिनाभित्रका सबै बालबालिकालाई सबै प्रकारका खोपको मात्रा पूरा भएको छ। स्थानीय वडा तहबाट सुरु भएको कार्यक्रम जिल्ला तहसम्म आइपुगेको र त्यसलाई मन्त्रालयको कडा निगरानीबाट पास गरेपछि जिल्ला पूर्णखोप युक्त बनेको डा. थापाले बताए।

    स्वास्थ्य विभागले विसीजी, डिपीडी, सिविडी, हिम, पोलियो, बिसिभी, दादुरा रुबेला, जापनिज ईन्सिेप्लाइटिसलगायतका खोप जन्मेदेखि करिब दुई वर्षको उमेरमा दिनुपर्ने व्यवस्था गरेको छ। राज्यले बालबालिकामा रोगहरूको संक्रमण हुन सक्ने भन्दै निःशुल्क रूपमा खोप दिने व्यवस्था गर्दै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]