|

उदयपुर :  जिल्लाको जेठो नगरपालिका त्रियुगा नगरपालिकाले पाँचवर्षे आवाधिक योजना बनाउन लागि परेको छ। नगरकार्यपालिकाले दुईदिने एक कार्याशाला गरी पाँचवर्षे आवाधिक योजनाको लागि छलफल गरेको हो।

विभिन्न विषयका विज्ञसहित समृद्ध त्रियुगा नगर बनाउनका लागि आवाधिक योजना बनाउन जुटेको जनाएको छ। सुशासन, पूर्वाधार, आर्थिक लगायतका क्षेत्रमा एक मुष्ट रुपमा विशेष योजना बनाउने उद्देश्यका साथ गुरु आवाधिक योजना बनाउन लागि परेकाे नगरपालिका प्रमुख वलदेव चौधरीले बताए। ‘त्रियुगालाई ग्रीन तथा क्लिन सिटी बनाउने उद्देश्यका साथ आवाधिक योजना बनाउँदैछाैं,’ उनले भने, ‘विभिन्न प्रक्रिया  पुर्‍याएर आवाधिक योजना अव सार्वजानिक गर्न मात्र बाँकी छ।’

पाँचवर्षे आवाधिक योजनामा कस्ता योजनालाई प्रथामिकीकरण गर्ने भन्ने विषयमा समेत वडाहरूमा छलफल गरी विज्ञको सल्लाह बमोजिम बनाएको प्रमुख चौधरीको भनाइ छ। कार्यकालभरि चुनावमा घोषणा गरिएका घोषण पत्रको बाचा पूरा गर्ने गरी आवाधिक योजना तयार गर्न लागेको जनप्रतिनिधिहरूको भनाइ छ। जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले उदयपुरको अगुवा नगरपालिका रहेकाले सवै स्थानीय तहलाई नयाँ पाठ हुने गरी गुरु आवाधिक योजना बनाएको बताएका छन्। ‘अव त्रियुगा नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्छ,’ उनले भने, ‘उप महानगरपालिका बनाउने गरी पाँचवर्षे आवाधिक योजना बन्दै छ। त्यसैको तीनदिने कार्यशाला गोष्टी समेत सकिएको छ।’

प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरण पक्षबाट सम्भाव्य मझौला, ठूला सतह सिँचाइ एवम् अन्तर जलाधार र जलाशययुक्त बहुउद्देश्यीय आयोजनाका कार्यक्रमहरू प्राथमिकता दिने, भूमिगत सिंचाइ सम्भाव्यता भएका स्थानहरूमा स्यालो तथा डिप ट्युवेलका कार्यक्रमहरू ल्याउने गरी आवाधिक योजना बन्न लागेको सामाजिक शाखाका संयोजक तथा वडा  १६ का अध्यक्ष मानबहादुर राईले बताए। ‘त्रियुगा नगरलाई कस्तो बनाउने भन्ने बारेमा वहस गरेर आवाधिक योजना बनाएका छाैं,’ उनले भने, ‘स्थानीय तहको चुनावको वेला विभिन्न राजनीतिक दलले घोषणा गरेका राम्रा योजनाहरुलाई समेत समेटेका छाैं।’

त्रियुगा नगरपालिकाका सूचना अधिकारी विश्वजीत राईले विज्ञ पूर्णचन्द्र भट्टराई  लगायतको टोली सहजीकरण गरेर आवाधिक योजना बनाएको दावी गरेका छन्। ‘नगरका सरोकारवालहरू, विज्ञ, राजनीतिक दलले निर्वाचन ताका गरेका घोषणा पत्रका राम्रा योजनाहरूलाई समेत समावेश गरेका छाैं,’ उनले भने, ‘आवाधिक योजनामा पर्ने सवै योजनाहरू छलफलबाट पनि लिष्ट संकलन गरी सकेका छाैं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.