|

जम्मु-कश्मिरको राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार एवं राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीको गोली हानी हत्या गरिएको छ। श्रीनगरको लाल चोक सिटीसन्टरस्थित आफ्नो अफिसबाट इफ्तार पार्टीमा जान लाग्दा उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरी अधिकारले जनाएका छन्।

जम्मु-कश्मीरका डिजिपी एसपी वैदले मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले साँझ ७:१५ मा उनीमाथि गोली प्रहार गरेको बताए। शुजात बुखारीका साथैमा रहेका पिएसोको पनि गोलीबारीमा परी मृत्यु भएको बिबिसीले जनाएको छ। उक्त घटनामा अर्का एकजना घाइते भएका छन्।

शुजात बुखारीमाथि सन् २००० मा पनि हत्या प्रयास भएको थिये। उनलार्इ प्रहरीले सुरक्षा दिँदै आएको थियो। उनी कश्मिरमा शान्ति बहालीका लागि लामो समयदेखि सक्रिय रहेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.