रुसमा बिहीबारबाट सुरु भएको फिफा विश्वकप २०१८ को पहिलो खेलको ७१ औँ मिनेटमा आयोजक रुसले तेस्रो गोल हानेको छ। रुसका आर्तेन डिज्यूबाले तेस्रो गोल गरेका हुन्। आयोजक रुसले पहिलो हाफमा साउदी अरेबियाको पोष्टमा दुई गोल हानेको छ।
रुसका लागि युरे गाजिन्स्केले १२ मिनेटमा हेडमार्फत गोल गरे भने डेनिस चेरिसोभले ४३ औँ मिनेटमा बललाई जाली चुमाएर अग्रतालाई दोब्बर पारे।
रुसका एलन डाजागोभले घाइते भएर २४ औँ मिनेटमा मैदान छाडेका थिए।
रुसले घरेलु मैदानमा राम्रो प्रदर्शन गरिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।