खेलकुद : विश्वकप फुटबल २०१८

विश्वकप २०१८ : पहिलो खेलमा रुसको सनसनीपूर्ण जीत, साउदीको पोष्टमा पाँच गोल
SHARES

जीतपछि खुसीयाली मनाउँदै रुसका खेलाडी। फोटो : www.fifa.com
जेठ ३१, २०७५

    विश्वकप २०१८ को पहिलो खेलमा आयोजक रुसले सनसनीपूर्ण जीत दर्ता गराएको छ। घरेलु मैदानमा रुसले विपक्षी साउदी अरेबियाको पोष्टमा ५ गोल हानेको हो। साउदी अरेबियाले भने एक गोल पनि गर्न सकेन र रुस ५-० ले विजयी भयो।

    रुसले इन्जुरी समयमा मात्रै दुई गोल गरेको थियो। रुसले इन्जुरी समयको ९१ औँ र ९४ औँ मिनेटमा गोल गरेको हो। 

    रुसका लागि म्यान अफ द म्याच प्रदर्शन गरेका डेनिस चेरिसोभले ९१ औँ र  ४३ औँ मिनेटमा गोल गरेका थिए। त्यस्तै अजेक्जेन्डर गोलोभिनले ९४ औँ मिनेटमा सुन्दर फ्रिकिक मार्फत बललाई जाली चुमाए। 

    यसअघि खेलको ७१ औँ मिनेटमा आयोजक रुसका लागि तेस्रो गोल भएको थियो। रुसका आर्तेन डिज्यूबाले तेस्रो गोल गरेका थिए। 

    आयोजक रुसले पहिलो हाफमा साउदी अरेबियाको पोष्टमा दुई गोल हानेको थियो। रुसका लागि युरे गाजिन्स्केले १२ मिनेटमा हेडमार्फत गोल गरे भने डेनिस चेरिसोभले ४३ औँ मिनेटमा बललाई जाली चुमाएर अग्रतालाई दोब्बर पारे।

    रुसका एलन डाजागोभले घाइते भएर २४ औँ मिनेटमा मैदान छाडेका थिए। रुसले घरेलु मैदानको फाइदा उठाउँदै राम्रो प्रदर्शन गरेको थियो। उसले राम्रो सुरुवातसँगै नतिजा आफ्नो पक्षमा पारेको छ। यो जीतसँगै विश्वकपको ग्रुप ए मा रहेको रुसले खाता खोलेको छ।

    पहिलो खेलमा बल पोजिसन भने साउदी अरेबियाको पक्षमा रहेको थियो। फिफाका अनुसार ५९ प्रतिशत साउदी र ४१ प्रतिशत मात्र रुसको पक्षमा बल थियो। तैपनि आफूले पाएको मौकालाई रुसले जाली चुमाएर जीत दर्ता गराएको छ। 

    खेलभरी रुसले २१ र साउदीले ९ पटक फल खेलेको थियो। रुसका एक खेलाडीले पहेँलो कार्ड पाएका थिए। रुसले ६ कर्नर पाउँदा साउदीले भने २ कर्नर मात्रै पाएको थियो।

    विश्वकपमा भोलि (असार १ गते) तीन खेल हुने भएका छन्। भोलि पोर्चुगल र स्पेन, इरान र मोरक्को तथा इजिप्ट र उरुग्वे प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]