|
फाइल फोटो

काठमाडौं : सरकारले थप विश्वविद्यालय खोल्ने निर्णय गरेको छ। यसअघि स्थापित विश्वविद्यालयहरूलाई व्यवस्थित गर्न नसकिरहेका वेला सरकारले आर्थिक वर्ष २०७५\७६ को बजेट भाषणमै ‘विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको’ उल्लेख छ।

उक्त विश्वविद्यालय कहाँ रहने भन्ने टुंगो नलागेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ। भाषाशास्त्री नोबेलकिशोर राईले हचुवाका भरमा विश्वविद्यालय खोल्ने सरकारको निर्णय अपरिपक्व भएको बताए।

‘विश्वविद्यालय विश्वकै ज्ञानसँग जोडिएको विषय भए पनि बिनाअध्ययन कार्यान्वयन हुने गरेको छ’, राईले भने, ‘कुन ठाउँमा कस्तो विश्वविद्यालय आवश्यक पर्छ भनेर कम्तीमा पाँच वर्ष पूर्वतयारी, अध्ययन, अनुसन्धान हुनुपर्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.