|

काठमाडौं  : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुनेगरी विधान बनाएको छ। काठमाडौंबाट प्रकाशित नयाँ पत्रिका दैनिकका अनुसार दुवै अध्यक्षको हैसियत र अधिकार समान हुनेगरी विधान तयार भएको हो।

बैठकमा अध्यक्ष गर्नेको मर्यादा क्रम हुँदा अर्को अध्यक्ष दोस्रो मर्यादामा रहने र दुवै अध्यक्षले समग्र राजनीतिक नेतृत्व गर्ने विधानमा उल्लेख छ। औपचारिक पत्रहरूमा दुवैको हस्ताक्षर हुनेछ।

‘बैठकको अध्यक्षता आलोपालो  गर्ने क्रममा एउटा अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्कोको दोस्रो हुनेगरी विधानको मस्यौदा बनाइएको छ’, कार्यदलका सदस्य बेदुराम भुसालले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.