|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली असार ५ मा छिमेकी मुलुक चीनको पाँच दिने औपचारिक भ्रमणमा जाँदैछन्। प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा के के एजेन्डा प्राथमिकतामा परेका छन् भन्ने शुक्रबार प्रकाशन भएका दैनिक पत्रपत्रिकाहरुले महत्त्वका साथ प्रकाशन गरेका छन्।

यस पटकको भ्रमणमा पुराना सहमतिको कार्यान्वयनसँगै नयाँ  क्षेत्रमा पनि सहमति हुने अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ। नयाँ सहमतिमा ट्रान्स हिमालय नेटवर्कअन्तर्गत रेलवे, सडकमार्ग, क्रसबोर्डर ट्रान्समिसन लाइन र यातायात तथा पारवाहनसँग सम्बन्धित विषय रहेका छन्।

गोरखापत्र दैनिकले पनि प्रधानमन्त्रीको भ्रमणको एजेन्डालाई अघिल्लो पृष्टमा छापेको छ। भ्रमणमा तिब्बती राजमार्ग प्रयोग, ट्रान्जिट तथा ट्राभल्स प्रोटोकलमा हस्ताक्षर, नेपाल चीन परराष्ट्रमन्त्रालयबीच संयन्त्र निर्माण, सातै प्रदेशमा आपत्कालीन उद्धार केन्द्रलगायत एक दर्जन एजेन्डामा सहमति हुने समाचार छ।

नयाँ पत्रिका दैनिकले चीन भ्रमणको समाचारलाई १६औं पृष्टमा प्रकाशन गरेको छ। यस पटकको भ्रमणमा दुई दर्जन एजेन्डमा छलफल हुने तर आधा दर्जनमा मात्र सहमति हुने उल्लेख छ। कान्तिपुर दैनिकले प्रधानमन्त्रीको चीन भ्रमणमा एक दर्जन सहमति हुने समाचार प्रकाशन गरेको छ। 

प्रधानमन्त्रीको चीन भ्रमणमा आठभन्दा बढी सम्झौतामा हस्ताक्षर हुने नागरिक दैनिकले समाचार छापेको छ। हस्ताक्षर हुने आठ विषयमा दुई देशबीच सहमति बनिसकेको छ भने केही विषयमा छलफलकै चरणमा रहेको उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.