|

काठमाडौं : केन्द्र सरकारले स्थानीय तहमा कर्मचारी नपठाएकाले कार्य सम्पादनमा कठिनाइ भएको भन्दै केन्द्र सरकारको आलोचना भइरहेको छ। तर, केही स्थानीय तहले भने केन्द्र सरकारले खटाएको कर्मचारीलाई धमाधम फिर्ता पठाउन थालेका छन्।

उपसचिव तहका कर्मचारी फिर्ता गरी प्रशासकीय अधिकृतका रुपमा विद्यालय निरीक्षक र नायब सुब्बासरहका कर्मचारीलाई जिम्मेवारी दिन थालेको समाचार नागरिक दैनिकले छापेको छ।

रौतहटको राजापुर नगरपालिका, यमुनामाई गाउँपालिका, मुगुको छायानाथ रारा नगरपालिका र हुम्लाको तातोपानी गाउँपालिकाले केन्द्रबाट खटाएको प्रशासकीय अधिकृतलाई फिर्ता पठाएका हुन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनियमितता ढाक्न स्थानीय तहले कर्मचारी फिर्ता पठाएको आशंका गर्दै यसलाई गम्भीर रुपमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.