भक्तपुर : सल्लाघारीमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन्।
नयाँठिमीबाट भक्तपुर जाने क्रममा सडकमा चौपायासँग ठोक्किनबाट जोगिन खोज्दा बा ५५ प २५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक गुल्मी घर भई सानोठिमी बस्ने १८ वर्षीय किरण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटनामा घाइते भएका बागलुङ घर भई सानोठिमी बस्ने २१ वर्षीय सुन्दर खड्काको उपचार भक्तपुर अस्पतालमा भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।