|

काठमाडौं : प्रदेश ५ मा ८४ वर्ष उमेर पुगेका वृद्ध वृद्धाको लागि घरमै डाक्टर जाने भएका छन्। प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले  आगामी आर्थिक वर्षको लागि प्रदेश बजेट पेस गर्दै यस्तो कार्यक्रम सार्वजनिक गरेका हुन्।

वृद्ध वृद्धाको स्वास्थ्य चेकजाँचको लागि घरमा डाक्टर पठाउनेलगायतको कार्यका लागि एक करुोड ५० लाख रुपैयाँ बजेट विनियोजना गरेका छन्। पोखरेलले एक पालिका एक खेलमैदानको योजना पनि अघि सारेका छन्। यस कार्यक्रमअन्तर्गत स्थानीय सरकारलाई सशर्त अनदानस्वरूप ४५ करोड ६० लाख रुपैयाँ विनीयोजन गरिएको जानकारी गराए।
त्यस्तै मुख्यमन्त्री रनिङशिल कार्यक्रमको लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।  लमाहीमा क्रिकेट मैदान बनाउनको लागि पनि सशर्त अनुदानको व्यवस्था गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.