|

जाजरकोट :  पाँच वर्षभित्र यहाँको  कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ। गाउँपालिका भित्र रहेका ९ वटावडा भित्रको १०० किलोमिटर सडक विस्तार भएका गाउँपालिकाले जनाएको छ। केन्द्रीय वजेटदेखि गाउँपालिकाको करिव ४ करोड वजेट परिचालन गरी सडक विस्तार भएको हो। 

कुशे गाउँ पालिकाभित्र सडक निर्माण गर्न थालेको करिव ५ वर्षभित्र  ९ वडामा १२ वटा क्षेत्रमा सडक विस्तार भएको छ। केन्द्रीय योजना अनुसार ५ वर्षभित्र जाजरकोट-ब्युलीढुंगा जुम्ला सडकमा पर्ने पाँचकाटिया, दम्दाला, ढीमे, खुर्पा लगायत गाउँ मात्र सडक पहुँचमा यो भन्दा अगाडि रहेका थियो भने पछेल्लो दुई वर्षको अन्तररालमा कुशे गाउँपालिकाका सबै वडा केन्द्रलाई सडक सञ्जालले जोडेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।

कुशेले वडा १ मा २५ लाख बजेटमा ६ किलोमिटर दूरीको तारेचौर वडा कार्यालय सडक, वडा २ मा ९७ लाखले २५ किलोमिटरको डेब्रा वडा कार्यालय-तिमिल्धारा हुँदै हिले सडक र २० लाखले गैरीखेत-डेब्रेडाँडा ८ किलोमिटर सडक विस्तार गरिएको छ। त्यस्तै  वडा ३ मा ५० लाखले ७ किलोमिटरको टापुचौर-डाँडाभौता सडक, वडा ४ मा ६५ लाखमा १५ किलोमिटरको टापुचौर-तागाचौर हुँदै वडा केन्द्र दतीउर पुग्ने सडक र वडा ६ मा ६५ लाखमा १२ किलोमिटर साधीबिसाउन-गाउँपालिका केन्द्र थर्पु सडक निर्माण भएको छ।

यसैगरी कुशे गाउँपालिकाले वडा ५ मा ४० लाखमा ८ किलोमिटर दम्दाला-बाटुले सडक, २८ लाखमा १० किलोमिटर साधीबिसाउन-जहरगाउँ सडक, वडा ७ मा ५० लाखमा पानीमूल-समाइला, २५ लाखले ६ किलोमिटरको समाकोट-गुमौरी सडक र वडा ८ तथा ९ मा ३२ लाखले ३ किलोमिटरको पँधेरीखोला-पैंक सडक निर्माण गरेको हो। ‘जुम्ला-जाजरकोट सडकलाई मुख्य आधार मानेर ग्रामीण सडक निर्माण गरिएको छ। जाजरकोट जुम्ला सडकका लागि आवश्यक वजेटको व्यवस्था गरिएको सांसद सत्य पहाडीले बताइन्। 

कुशेका ८० प्रतिशत गाउँ सडकसँग जोडिएका छन्। कुशे सुन्तला तथा आलु उत्पादन, काइनाइट, टुर्मालिन पत्थर लगायत खनिज र सयाैं प्ररकारका जडीबुटीले धनी गाउँपालिका मानिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.