|

काठमाडौं : प्रदेश ५ ले आगामी आर्थिक वर्षको लागि २८ अर्ब ९ करोड ३० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।  विनियोजन गरिएको रकमको झण्डै ६० प्रतिशत पुँजीगत खर्चमा छुट्याएको छ।

बजेटमा ११ अर्ब ४६ करोड ५९ लाख चालु खर्चको लागि छुट्याइएको छ। चालु वर्षको लागि ४० प्रतिशत रकम छुट्याइएकोमा पुँजीगत खर्चको लागि १६ अर्ब ६५ करोड ६३ लाख अर्थात ५९.२० प्रतिशत रहेको छ। 

यी हुन् स्रोत

  • संघीय सरकारबाट प्राप्त सशर्त अनुदान एक अर्ब ६७ करोड ३ लाख 
  • संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ८ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ 
  • राजश्‍व बाँडफाँटबाट ८ अर्ब ५५ करोड ३० लाख
  • सशर्त अनुदान ९ अर्ब ६७ करोड ३ लाख
  • प्रदेशको आन्तरिक राजश्‍व दुई अर्ब ४० करोड
  • चालु आर्थिक वर्षबाट बचत ६० करोड 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.