|
photo : www.albawaba.com

विश्वकप २०१८ मा सहभागिता जनाउने टोलीहरूमा साउदी अरेबिया सबैभन्दा कमजोर वरीयताको टोलीमध्ये एक हो। तर मध्य एसियाली मुलुकले कमजोर खेल पस्कदैन भन्ने विश्वास गर्नुपर्छ।

विगत केही वर्षमा सो टोलीसँग अनेकौं प्रशिक्षक आबद्ध भए। साउदी अरेबियाको लोभलाग्दो पारिश्रमिकप्रति धेरै प्रशिक्षकले न्याय गर्न नसकेपनि बर्ट भ्यान मार्विकले सन् २००६ पनि पहिलो पटक सो टोलीलाई विश्वकपको अन्तिम चरणमा स्थान दिलाए। कहानी अन्त्य सधैँ सोचअनुरूप राम्रै हुँदैन। तर पनि, छनोट चरणमा कमजोर टोलीहरूविरुद्ध राम्रै अंक कुम्ल्याउन सकेकै कारण जापान र अस्ट्रेलियालाई अचम्ममा पार्दै दोस्रो स्थानमा रहेर स्वत: विश्वकपमा स्थान बनाउन सफल भयो।

साउदी फुटबल संघसँगको विवादका कारण विश्वकपमा टोलीलाई छनोट गराएकै दुई दिनपछि भ्यान मार्विक घर फिर्किए अनि एड्गार्डो बाउजा सो स्थानमा आए।
दुई महिनामा पाँच मैत्रीपूर्ण खेलमा सामेल भएर ति अर्जेन्टिनी प्रशिक्षक पनि घर फर्किए। मस्कोमा समूह विभाजन गरिएको तीन दिन अगाडि मात्र चिलीलाई सन् १९१६ को कोपा अमेरिकामा प्रशिक्षण दिएका जुआँ एन्टोनियो पिजी साउदी अरेबियासँग आबद्ध भए।

चिलीले विश्वकपमा स्थान बनाउन असफल भएकै कारण उनी साउदीसँग आबद्ध भएका थिए। यद्यपि, सो टोलीमा अन्य ठूला टोलीविरुद्ध अन्तर्राष्ट्रिय अनुभव संगालेका खेलाडीका संख्या कम नै छ।

कसरी छनोट : एसियाली विश्वकप छनोट समूह बि (दोस्रो चरण)बाट जापानपछि दोस्रो हुँदै। 
खेल्ने शैली : ४–३–३
स्टार खेलाडी : नवाफ अल एबेद (अल–हिलाल)
पच्छाउनुपर्ने खेलाडी : फहाद अल मुवाल्लद (अल–इतिहाद)
प्रशिक्षक : जुआँ एनटोनियो पिजी
उपाधिको सम्भावना : १०००–१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.