२०१४ मा ब्राजिलमा आयोजित विश्व कपमा समूह चरणबाटै बाहिरिएको र २०१६ मा फ्रान्समा दुखद अन्त्यको सामना गर्नुपरे पनि स्पेनको सुगन्ध कम भएको छैन। प्रसिद्ध प्रशिक्षकहरूको समूहमा सम्मानित नामका धनी ५१ वर्षीय जुलेन लोपेटगुइले स्पेनको सफलताको सुगन्धलाई जोगाइराख्ने हरसम्भव प्रयास गरिरहेका छन्।
साढे २ वर्षअघि फ्रान्समा असफलताको स्वाद चाखे पनि विश्वकप २०१८ मा सानदार तरिकाले छनोट भएर स्पेनले फेरि एकपटक सबैको मन जितिसक्यो। डेविड डे जिया, गेरार्ड पिके, सर्जियो रामोस, जोर्डि अल्बा, सर्जियो बस्क्वेट्स, आन्द्रेज इनिस्टा, डेविड सिल्भा तथा अल्भारो मोराटाले छनोट चरणमा इटालीलाई हराए लगत्तै विश्वकपको तयारी थालिसकेका थिए। साथै खुशीको कुरो यति बिघ्न वरिष्ठ खेलाडी माझसमेत इस्कोले स्थान बनाएका छन् तथा उनी पूर्ण लयमा पनि छन ।
कसरी छनोट : युरोपेली समूह जि को विजेता, इटालीलाई पछि पार्दै ।
खेल्ने शैली : ४–५–१
स्टार खेलाडी : डेविड सिल्भा (म्यानचेस्टर सिटी)
पच्छाउनुपर्ने खेलाडी : इस्को (रियल म्याड्रिड)
प्रशिक्षक : जुलेन लोपेटगुइ
उपाधिको सम्भावना : १५–२
तपाईंको ईमेल गोप्य राखिनेछ ।