|

काठमाडौं : उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेदलाई पछिल्लो समय देखिदै आएका नयाँ नयाँ रोगहरूको उपचारका लागि  वैकल्पिक उपचार पद्धतिका रुपमा विकास गर्नुपर्ने बताएका छन्। नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले काठमाडौंमा शुक्रबार योजना गरेको विआशेषज्ञसहितको एकदिने ‘बाथ रोगको व्यवस्थापनका लागि बहुआयामिक दृष्टिकोण’ सम्बन्धी कार्यक्रममा यस्ताे बताएका हुन्।

अन्तर्राष्ट्रिय सम्मेलमा मन्त्री यादवले आयुर्वेदको माध्यमबाट पछिल्लो समय देखिदै आएका नयाँ तथा गम्भीर रोगहरूको उपचार सम्भव गराउनु पर्नेमा जोड दिए।यस्तै मन्त्री यादवले नेपालमा आयुर्वेदिक उपचारमा आवश्यक पर्ने हरेक खालका जडिबुटी पाइने भएकाले यसको भरपुर उपयोग गर्न सक्नुपर्ने पनि बताए। मन्त्री यादवले भने, 'आयुर्वेद उपचार भनेको परम्परा संस्कृतिसँग जोडिएर गरिने उपचार पद्धति हो। त्यसैले यसको प्रवर्द्धन गर्दै नयाँ रोगको उपचार पनि आयुर्वेद पद्दतिबाट गर्न आधुनिक ज्ञान, प्रविधिको विकास सँगसँगै लिएर जान सक्नुपर्छ।'

मन्त्री यादवले नीति निर्माण तहमा नै आयुर्वेदिकलाई महत्व नदिइएकाले अपेक्षित रुपमा यस क्षेत्रको विकास र विस्तार हुन नसकेको समेत बताए। उनले भने, 'हाम्रो देशमा भएको जडीबुटीको प्रचुर सम्भावनालाई उपयोग गर्दै आयुर्वेद उपचार पद्दतिको गुणस्तर बृद्धि गर्न सकेमा नेपालमा आधुनिक औषधि बाहिरबाट आयात गर्नुपर्ने अवस्थाकाे अन्त्य गर्न सकिन्छ।' स्वास्थ्य तथा जनसंख्या  सचिव डा. पुष्पा चौधरीले सरकारले आयुर्वेदिकलाई सधैँ प्राथमिकतामा राखेको र अव संघीयतामा यसको अझ विकास हुने बताइन्। कार्यक्रमा नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. सिद्धार्थकुमार ठाकुरले आयुर्वेदको अनुसन्धानका विभिन्न कार्यक्रम भएको समेत बताए।

नेशनल इन्स्टिच्युट अफ आयुर्वेद जयपुर भारतका निर्देशक प्रा डा. सञ्जीव शर्माले नेपाल आयुर्वेदको जननी भएको बताए। कार्यक्रमा नेपाल, भारत र चीनका आयुर्वेदका विशेषज्ञहर"को सहभागिता रहेको छ। यस सम्मेलनले आयुर्वेदको विकासका लागि अनुसन्धान, आमबाथ, प्रविधि उपकरण विकासबारे छलफल हुने आयोजकले जाकनरी दिएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.