|
www.soccerladuma.co.za

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसका अनुसार यो विश्व कपको उपाधि ब्राजिल, अर्जेन्टिना, स्पेन, जर्मनी र फ्रान्समध्ये एउटाले जित्न सक्छ। तर उनी यो पनि भन्न छुटाउन्दै, ‘त्यसपछि हामीबाहेक अर्को दावेदार नै को छ र! त्यसैले हामी सम्भावित विजेता हौँ। जो सम्भावनामा रहन्छ, त्यसले जित्छ पनि।’ 

युरो २०१६ को विजेता भए पनि उनी विश्व कपबारे अलि भावनात्मक बन्ने गरेका छन्। टोलीलाई कसरी राम्रो बनाउने, अनि बढी आत्मविश्वासी बन्ने योजनामा उनी लागेका छन्। पोर्चुगल अहिले बलियो बन्दै आएको छ।

त्यसैको नतिजा हो, युरो २०१६ को सफलता। टोलीको आक्रमणलाई बलियो बनाउन बर्नान्डो सिल्भा र आन्द्रे सिल्भा बलियो आधार बनेका छन्। समग्रमा टोली अति राम्रो छ। तर पनि, रक्षापंक्तिमा भने केही कमजोरी अहिले पनि छ। ३५ वर्ष पुगेका पेपे, ३४ का जोस फोन्ट तथा ३६ का ब्रुनो अल्भेजको विकल्प नपाउनु पोर्चुगलको अर्को समस्या हो।

कसरी छनोट : युरोपेली समूह बि को विजेता

खेल्ने शैली : ४–४–२
स्टार खेलाडी : क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड)
पच्छाउनुपर्ने खेलाडी : बर्नान्डो सिल्भा (म्यानचेस्टर सिटी)
प्रशिक्षक : फर्नान्डो सान्तोस
उपाधिको सम्भावना : २०–१

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.