अंक नभनी कार्यक्रम प्रस्तुत

|

काठमाडौं :   प्रदेश ३ को सरकारले प्रदेशस्तरीय कर्मचारीको लागि पर्यटन भत्ता उपलव्ध गराउने भएको छ। प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमा यस्तो व्यवस्था गरेका हुन्। 

त्यस्तै सरकारले कर्मचारीलाई देशभित्रका पर्यटकीयस्थलमा भ्रमण गर्नको लगि एक महिनाको बिदासमेत उपलव्ध गराउने भएको छ भने। भत्तास्वरुप एक महिनाको तलब उपलव्ध गराउने गरी बजेट विनियोजन गरिएको छ। 

यो कार्यक्रमको लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री ढुंगेलले बताए। ३५ अर्ब ६१ करोडको बजेटमा मन्त्री ढुंगेलले थुप्रै कार्यक्रम राखेता पनि रकम कति भन्ने विषयमा अपवादबाहेक उल्लेख गरेनन्। उनले काठमाडौं उपत्यका लिफ्ट पार्किङ योजना पनि आफ्नो बजेटमार्फत अघि बढाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.