|

धनकुटा : पूर्वको चर्चित पर्यटकीय क्षेत्रको रूपमा परिचय बनाउँदै आएको धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ मा पर्ने नमस्ते झरनामा नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ। सुनसरीको इटहरी-९ का विक्रम तामाङको झरनामा नुहाउने क्रममा माथिबाट झरेको ढुंगा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

नुहाउने क्रममा माथिबाट झरेको ढुंगा लागेर गम्भीर घाइते भएका तामाङको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भेडेटारका असइ राजकुमार कट्टेलले जानकारी दिए।

घटनापछि झरनामा जान अनिश्चतकालका लागि बन्द गरिएको र धनकुटाको मूलघाटस्थित सशस्त्र प्रहरीको दैवीप्रकोप उद्धार टोली अनुगमन गरेर झरना सुरक्षीत छ भनेपछि मात्रै गाउँपालिकाको मातहतबाट सञ्चालनमा ल्याइने झरना व्यवस्थापन समितिका सदस्य अग्नि लिम्बूले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.