|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौं निर्माण व्यवसायीले काम नलाग्ने इँटा थुपारेजस्तो देखिएको भन्दै आधुनिक सहर विस्तारको सरकारी योजनालाई सहयोग गर्न व्यवसायीलाई आग्रह गरेका छन्।

सातौँ घर जग्गा मेला २०७५ को शुक्रबार भृकुटीमण्डपमा उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले खेतीयोग्य जमिन टुक्रयाएर सुविधा सम्पन्न र बाक्लो बस्ती भएको स्थानमा मात्रै केन्द्रित नभई  सरकारी योजनालाई सघाउ पुर्‍याउन निर्माण व्यवसायीलाई आग्रह गरेका हुन्। उनले कृषि आधुनिकीकरण कार्यक्रम, जोन, सुपर जोन लगायतका लागि ठुलो क्षेत्रफलको जमिन आवश्यक पर्ने भन्दै उनले अनावश्यक चक्लाबन्दी रोकिनुपर्ने बताए।

जग्गाको अनावश्यक खण्डिकरण रोक्नु भन्दै प्रधानमन्त्री ओलीले भने, 'सरकारले पुष्पलाल राजमार्गमा १० वटा आधुनिक सहर निर्माणको योजना बनाएको छ। हुलाकी राजमार्गमा १० वटा सिटी बनाउने योजना बनाएको छ।

सुर्खेत, धरानमा आधुनिक शहरको विकास गर्नुपर्छ। सरकारले नीति बनाइदिने हो सहरको निर्माण व्यावशायीले गर्ने हो।'  योजनाबद्ध ढंगले शहर विस्तारका लागि सरकारले स्थान नतोकेका कारण निर्माण व्यवसायीहरुले घनाबस्ती र सस्तो जग्गामा व्यवसायीक प्रयोजनमुखी आवास निर्माण गरेको उल्लेख गर्दै उनले आवास निर्माणसम्बन्धी विद्यमान अवधारणमा परिर्वतन गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.