|

कपिलवस्तु : इलाका वन कार्यालय जवाबैराठ, कपिलवस्तुका सहायक जिल्ला वन अधिकृतलाई तीन लाख रुपैयाँ घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ। सहायक जिल्ला वन अधिकृत बरमदेव महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले शुक्रबार दिउँसो सेवाग्राहीबाट लिएको घुस रकमसहित पक्राउ गरेको हो।

सेवा ग्राहीबाट घुस रकम लिएको विशेष सूचनाको आधारमा महतोलाई पक्राउ गरिएको हो। उनको डेरामा अख्तियारले छापा मार्दा रकमसहित महतोलाई फेला पारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ।

गोलिया निकासी, काठ कटानी अनुमतिका लागि सेवाग्राहीबाट सो रकम घुस लिएको अख्तियारले जनाएको छ। महतो शिवराज नगरपालिका चन्द्रौटामा डेरामा बस्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.