|

काठमाडौं : महिनाको पहिलो दिन केही राम्रा कविता सुनेर सुरु गरौँ भन्ने अभिप्रायले संचालित ‘हामी कवि र कविता’मा यस पटक असारकाे शृंखलामा कवि गोविन्द गिरी प्रेरणा र प्रतिमा पाठक सुनिएका छन्।

पहिलो चरणमा कविता सुनाउन मंचमा देखापरेका गोविन्दले ‘पलायन यात्रा’बाट कविता वाचन सुरु गरे। लामो समयदेखि अमेरिका बस्दै आएका गिरीले विदेश नजाँदै उक्त कविता लेखेको बताउँदै त्यसपछि भने क्रमशः 'रेल स्टेशन', 'परदेशमा', 'मिड वे', 'क्यारोलिना', 'फ्र्यांकफर्ट', 'लाममा लाएको छु फिर्ती टिकट लिन', 'भौँतारिएको छु'लगायतका एक दर्जन यात्रा कविता सुनाए। 

‘पहिलो कविता प्रेमबाटै सुरु गर्छु’ भन्दै दोस्रो चरणमा कविता सुनाउन मंचमा देखापरेकी प्रतिमाले ‘प्रेममा डुबेका मान्छेहरू’बाट अाफ्ना कविता सुनाउन सुरु गरिन्।लगत्तै उनले 'शरणार्थी', 'जीवनको काव्यिकता', 'तिमीले जान्छु भनेपछि', 'बाँकी अर्को पटक', 'म सुपुत्री बन्न सक्दिनँ', 'विष वृक्ष', 'अन्तिम दुःख', 'कैदी सम्भावना'लगायतका आफ्ना नयाँ तथा पुराना कविता सुनाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.