|

सुनसरी : सुनसरीको पूर्वी क्षेत्रमा र मोरङको केही ठाउँमा अपरान्ह तीव्र गतिमा हावाहुण्डरी चल्दा त्यस आसपासको जनजीवन प्रभावित भएको छ। दर्जनौँ घरका टिन, छानो उडाएको छ।

त्यक्तिकै संख्यामा विद्यालय तथा मठमन्दिरमा क्षति गुगेको छ। राजमार्ग आसपासका क्षेत्रमा ठूला रुखहरू ढलेर अवरुद्ध बनेको राजमार्ग प्रहरीले हटाएको छ।

दर्जनौ संख्यामा बिजुलीका पोल ढलेका छन्। टेलिफोन तथा केवलका लाइन अवरुद्ध छ। हावा हुरीले पुर्‍याएको क्षतिको विवरण संकलनको काम भइरहेको इलाका प्रहरी कार्यलय इटहरी र इलाका प्रहरी कार्यलय बेलबारी मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.