|

कपिलवस्तु  : कपिलवस्तुमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। बाणगंगा नगरपालिका २ राजपुरमा करेन्ट लागेर ३२ वर्षीय अखिलेश्वर पासवानको ज्यान गएको प्रहरीले जनाएको छ। स्थानीय नेपाल फेबरिक इन्ड्रष्ट्रीज (बोरा बनाउने उद्योग) मा काम गर्ने पासवान भारतीय भएको प्रहरीले जनाएको हो।

पासवान आफ्नै कोठामा मोवाइल चार्जमा राखेर मोवाइलबाट फोन गरिरहंदा घांटीमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारको क्रममा शुक्रबार अपरान्ह लुम्बिनी अंचल अस्पताल बुटवलमा पासवानकाे ज्यान गएको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। घटनाका बारेमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

यस्तै जिल्लाको महाराजगंज नगरपालिका ९ शिबभारीमा एक पुरुष मृत अवस्था भेटिएका छन्। स्थानीय कङचनिया खोलामा डुबेको अवस्थामा सोही स्थान बस्ने बर्ष ४५ को मंगल चमारको शव फेला परेको हो। मृतकको शव पोष्टमार्टमको लागी शिवराज अस्पताल बहादुरगंज पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.