|

धनगढी : उपभोक्ता समितिका पदाधिकारीले घोडाघोडी नगरपालिकामा तालबन्दी गरेका छन्। घोडाघोडी नगरपालिका ८ स्थित तिलकनगर जरही शिविर तटबन्धन तथा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भोजबहादुर शाही र सदस्य एकिन्द्र विकले उप प्रमुख प्रेमकुमारी थापाको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। 

निमार्णाधीन योजनाको बारम्बार अनुगमन गर्न अनुरोध गरेको तर उपप्रमुखले अनुगमन नगर्दाे भुक्तानी रोखिएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुुन्। ‘निमार्ण सम्पन्न भइसकेपछि पनि अनुगमन नहँदा भुक्तानी रोखिएको छ, 'अनुगमनका लागि चासो नदिएपछि तालाबन्दी गरेका हौं।’ उपभोक्ता समितिका अध्यक्ष शाहीले बताए।उपप्रमुख प्रेमकुमारी थापाले आफू कामको चापमा भएका कारण अनुगमनमा जान नपाएको बताइन्। ‘कामको निकै चाप थियो। जान पाइन अब जाने योजना बनाइरहेको थियो। उहाँहरू आक्रोशपूर्ण रुपमा आउनुभयो।’ उपप्रमुख थापाले भनिन्।

कार्यालयमा लगाइएको ताला प्रहरीको तोडेको छ। तालाबन्दी गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.