|

विश्वकप फुटबलमा सधैँ चर्चामा रहने विषय हो ‘ग्रुप अफ डेथ’। अर्थात अघिल्लो चरणमा कुन टिम पुग्छ भन्ने निक्यौल गर्न कठिन हुने समूह।

‘ग्रुप अफ डेथ’ भन्ने शब्द सर्वप्रथम सन् १९७० को विश्वकपमा प्रयोग गरिएको थियो। १६ टिम सहभागी विश्वकपलाई चार समूहमा विभाजन गरिएको थियो जसमा ‘समूह-३’ लाई ‘ग्रुप अफ डेथ’ अर्थात "Grupo de la Muerte" भनी भनिएको थियो।

मेक्सिकोका एकजना स्थानीय पत्रकारले यो शब्द प्रयोगमा ल्याएका थिए। सन् १९६६ को विजेता इङल्यान्ड, १९६२ को विजेता ब्राजिल, १९६२ को उपविजेता चेक्लोस्भाकिया र रोमानिया सम्मिलित सो समूहलाई पहिलो पटक ‘ग्रुप अफ डेथ’ भनिएको बेलायती पत्रिका दि गार्जियनले उल्लेख गरेको छ। पेलेको अन्तिम सो विश्वकपको फाइनलमा ब्राजिलले इटालीलाई ४–१ ले पराजित गर्दै तेश्रो पटक उपाधी चुमेको थियो।

सन् २०१४ मा ‘समूह-जी’लाई ग्रुप अफ डेथ मानिएको थियो। समूह-जीमा जर्मनी, घाना, पोर्चुगल र अमेरिका रहेका थिए। समूह विजेता बन्दै जर्मनी र उपविजेता बन्दै अमेरिका दोश्रो चरणमा प्रवेश गरेका थिए। ग्रुप अफ डेथ समूहको जर्मनीले फाइनलमा अर्जेन्टिनालाई १–० ले हराउँदै उपाधी जित्यो।

रसिया विश्वकपमा कुन समूह ‘ग्रुप अफ डेथ’?

पोर्चुगल र स्पेन एकै समूहमा छन् तर मोरक्को र इरानको तुलनामा यो दुई टिम दोस्रो चरणमा सजिलै जाने अनुमान गरिएको छ। ब्राजिल, स्विजरल्यान्ड, कोष्टारिक र सर्विया सम्मिलित समूह-र्इलाई समेत संभावित ग्रुप अफ डेथ भनिएको छ। यस समूहबाट ब्राजिल दोश्रो चरणमा पुग्नबाटै रोक्न गाह्रो छ। २३औँ वरियताको कोष्टारिका सन् २०१४ को विश्वकपमा ग्रुप-डिबाट इटाली, उरुग्वे र इङल्यान्डलाई पछि पार्दै समूह विजेताको रूपमा क्वाटरफाइनलसम्म पुगेको थियो।

त्यस्तै इङल्याण्ड र बेल्जियम पनि एकै समूहमा परेका छन्। जसमा नवप्रवेशी पानामा र टयुनेसिया रहेका छन्। इतिहासले समेत पाँचौ पटक विश्वकप खेलिरहेको टयुनेसिया हालसम्म सन् २००२ मा ३२ राष्ट्रमध्ये २४ नै राम्रो वरियता भएकाले पोर्चुगल र इङल्यान्डलाई दोश्रो चरण प्रवेशमा सहज बन्ने अनुमान छ।

यस विश्वकपमा ग्रुप अफ डेथ भनेर सिधै भनी हाल्ने स्थिति नभएपनि अन्य समूहको तुलनामा समूह-डी लाई ‘ग्रुप अफ डेथ’ भनेर आंकलन गरिएको छ। जुन समूहमा अर्जेन्टिनासँगै आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया छन्। क्लब फुटबलमा प्रभाव जमाइसकेका बार्सिलोनाका इभान रार्किटिक र रियल मर्डिडका लुका मोर्डिक सम्मिलित क्रोएिसया विश्वकप फुटबलमा सफलता हान पार्न नसके पनि सन् १९९८ को विश्वकपमा तेश्रो स्थान हासिल गर्न सफल भएको थियो।

४८औँ वरियताको नाइजेरिया ५औँ पटक विश्वकपमा सहभागी हुँदैछ। जसलाई चेल्सीका पूर्वमिडफिल्डर जोन ओबि मिकेलले नेतृत्व गरेका छन्। त्यस्तै यस टिममा आर्सनलबाट खेल्ने २१ वर्षीय एलेक्स इओबी, हाल लेस्टर सिटीबाट खेल्ने म्यान्चेस्टर सिटीका पूर्वफरवार्ड केलेची इहेनाचो जस्ता खेलाडी रहेका छन्।

विश्व फुटबलमा अप्रत्यासित नतिजा निकाल्न सक्ने २२औँ वरियताको आइसल्यान्डसमेत समूह-डीमा नै छ। सन् २०१६ को युरो कपमा इङल्याण्ड र अस्ट्रियालाई पराजित गरेर क्वाटरफाइनलसम्म पुगेको आइसल्याण्डले ठूलो ‘सरप्राइज’ दिने क्षमता राख्ने टिम हो। युरोपको सानो यो देशले आगामी विश्वकपमा पनि ठूलो उलटफेर ल्याउने अनुमान सबैले गरेका छन्। एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.