|

दाङ : देउखुरीको गढवामा शुक्रवार स्थानीय र प्रहरीबीच झडप हुँदा दिनभरजसो गढवा बजार तनावग्रस्त भएको छ। बलात्कारको आरोपमा एक स्थानीय युवा भरत प्रताप यादवलाई प्रहरीले मुद्दा लगाउन खोजेको भन्दै स्थानीयहरूले शुक्रवार दिनभर इलाका प्रहरी कार्यालय गढवाको अगाडि नाराबाजी र ढुंगाप्रहारसमेत गरेका थिए।

स्थानीयहरूले प्रहरी कार्यालय घेराउ गरेपछि भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। बलात्कारको आरोप लगाउन खोजिएका यादव र स्थानीय एक युवतीबीच चार महिना अघिदेखि प्रेम सम्वन्ध रहेको र उनीहरू घरबाट भागेर बाहिरसमेत गएको पारिवारीक श्रोतले बताएको छ।

स्थानीय र प्रहरीबीच भएको झडपमा तीनजना प्रहरी र आठजना स्थानीय घाइते भएको बताइएको छ। घाइते हुने प्रहरीहरूमा कमल किशोर आचार्य, दौलत सिंह बुढा र टोपबहादुर महरा रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

स्थानीयले प्रहरी कार्यालय घेराउ गरि नाराबाजी गर्न थालेपछि वडा प्रहरी कार्यालय लमहीका प्रमुखसहितको शुरक्षा टोली तथा जिल्ला प्रहरी कार्यालयबाट समेत सुरक्षा टोली आएपछि भीड नियन्त्रण भएको थियो। घटनाको बारेमा थप अनुसन्धान गर्न आरोपिसहित दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा लगिएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.