|
पशुपतिस्थित वृद्धाश्रममा रहेका आश्रयविहीन वृद्धवृद्धा। यस वृद्धाश्रममा करिब २०० जना जेष्ठ नागरिक रहेका छन्।

काठमाडौं : ज्येष्ठ नागरिकहरूले आफूहरू शारीरिक, मानसिक र यौनिक दुर्व्यवहारबाट पीडित हुनुपरेकोमा दुखेको पोखेका छन्।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले शुक्रबार काठमाडौंमा आयोजना गरेको 'ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध १३ औँ विश्व चेतना दिवस' नामक अन्तरक्रिया कार्यक्रममा उनीहरूले आफूले भोगिरहेका पीडा सुनाएका थिए।

ज्येष्ठ नागरिक लक्ष्मण थापाले ज्येष्ठ नागरिक शारीरिक, मानसिक र यौनिक जस्ता कुनै पनि समस्याबाट अछूत रहन नसकेको बताए। उनले भने, 'प्रत्येक घरमा आफ्नो सन्तानबाट नै ज्येष्ठ नागरिकलाई अपमानजनक व्यवहार हुने गरेको छ।'

ज्येष्ठ नागरिक मोहन केसीले नेपाली सञ्चार माध्ययमले ज्येष्ठ नागरिकको दुर्व्यवहारबाट हुने पीडालाई प्राथमिकता दिन आग्रह गरेका थिए। अर्का ज्येष्ठ नागरिक माधवप्रसाद घिमिरेले राज्यले कानून निर्माण गरे पनि कार्यान्वयन हुन नसक्दा समस्या छ भन्दै कार्यान्वयन गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए। पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले पाटीपौवा, शौचालय, सडक जस्ता स्थान ज्येष्ठ नागरिकमैत्री हुनुपर्ने बताए।

महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या छिटो सम्बोधन गर्नका लागि कानून कार्यन्वयन र छुट्टै आयोग गठन गर्न आग्रह गरेका थिए। सांसद् पार्वत गुरुङले सबै सन्तानले आफ्ना बाबुआमालाई सम्मान र माया गर्ने हो भने यस क्षेत्रको समस्यामा कमी आउने बताए।

जेरियाट्रिक सेन्टर नेपालले सन् २००८ देखि २०१० सम्म गरेको एक अध्ययनले ११७ ज्येष्ठ नागरिकमाथि भएको घटनामध्ये ४३ प्रतिशत शारीरिक दुव्र्यवहार हुने गरेको छ। यसरी पीडित हुनेमा सबैभन्दा बढी ६० देखि ७० वर्ष उमेर समूहका रहेको अध्ययनले देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.