|
Photo : nepalitrend.com

काठमाडौं : अमेरिकाले सन् २०१८ का लागि मंगलबारदेखि डाइभर्सिटी भिसा (डिभी) चिट्ठा खोल्दैछ। मंगलबार राती पौने दश बजेदेखि डिभीका लागि आवेदन दिन सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ। 

दूतावासका अनुसार डिभी चिट्ठाका लागि कात्तिक २२ गते राति पौने एघारसम्म आवेदन दिन सकिनेछ। डीभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ।

दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिन समेत आग्रह गर्दै आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सुझाव दिएको छ। 

सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा ई.डि.भी. आवेदन फारम भर्न सक्नेछन्। यसको नतिजा सन् २०१७ मे २ अर्थात २०७४ वैशाख १९ मा सार्वजनिक हुने पनि दूतावासले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.